coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अपहरणमा परेका बालकको प्रहरीद्वारा सकुशल उद्धार

भारतीय समूहले अपहरण गरेका एक बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

चार दिनअघि सुनसरी दुहबी वडा नं. १२ बुगडरीमा गाई फार्म खोली बसेका बिन्देश्वर यादवको ११ वर्षे छोरा अपहरणमा परेका थिए। प्रहरीले भारत जिल्ला समस्तिपुर एकडेरा एरियाबाट बालकलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले बताए।

सो घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ। ‘अपहरणमा संलग्न व्यक्तिको पहिचान भइसकेको छ, भारतीय प्रहरीसँग समन्वय गरेर खोजी भइरहेको छ,’ डिएसपी राईले भने।

अपहरणमा परेका बालकलाई इलाका प्रहरी कार्यालय दुहवी, जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त गस्ती टोलीले उद्धार गरेको हो।

भारतीय बीआर ०९ आर ०७९६ नम्बरको स्करपिओ गाडीमा आएका पाँच जनाको समूहले बालकलाई ललाई–फकाई नास्ता खान जाऊ भनी अपहरण गरेको खुलेको छ। ती बालक अपहरण गरेको भोलिपल्ट बाबु बिन्देश्वरको मोबाइलमा वाट्सअपमार्फत भारतीय नम्बरबाट फोन गरी २५ लाख भारतीय रुपैयाँ फिरौती माग गरिएको थियो।

प्रकाशित: २१ वैशाख २०८० १०:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App