१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाँजासहित वडा अध्यक्ष पक्राउ

तस्बिर: लागूऔषधसहित पक्राउ परेकाहरु।

अवैध लागूऔषध गाँजासहित मकवानपुरको थाहा नगरपालिका ७ का वडा अध्यक्ष शिवराज थिङ पक्राउ परेका छन्।

अध्यक्ष थिङसहित ३ जनालाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वडा अध्यक्ष थिङसहित ३ जनालाई पक्राउ गरेको हो। वडा अध्यक्ष थिङको घरबाट प्रहरीले २७ किलो गाँजा बरामद गरेको छ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले पद खुुलाउन नचाहेको बताए। ‘शिवराज थिङसहित ३ जनालाई पक्राउ गरेका हौं’, उनले भने। पक्राउ पर्नेमा वडा अध्यक्ष थिङसहित भीमलाल थिङ र इन्द्रबहादुर थिङ रहेका छन्। सोमबार बिहान लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक उमेशप्रसाद कोईरीको नेतृत्वमा खटिएको टोलीले वडा अध्यक्ष थिङ र ईन्द्रबहादुरको घरबाट गरी २०२ केजी गाँजा बरामद गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए।

प्रहरी टोलीले थाहा–७ आग्रा बस्ने ३९ वर्षीय शिवराज, ७६ वर्षीय भिमबहादुर थिङ र ६७ वर्षीय ईन्द्रबहादुर थिङको घरमा लुकाई राखेको अवस्थाको गाँजा बरामद गरेको छ। गाँजा विक्री वितरण गर्ने उद्देश्यले भिमबहादुर र शिवराजको घरबाट ३० वटा पोकामा रहेको २७ किलो गाँजाको धुलो र ईन्द्र बहादुरको घरबाट १० वटा बोराहरुमा १७५ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ गरेकाहरुलाई ईलाका प्रहरी कार्यालय पालुङमा राखेर आवश्यक अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका वडा अध्यक्ष थिङ गत २०७९ बैशाखमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। उनले एमालेका विनायक गोलेलाई पराजित गरेका थिए।  

प्रकाशित: १८ वैशाख २०८० १३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App