३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर महानगरपालिका-२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन्।

गए राति ना २२ प ६८०० नंको मोटरसाइकलले हिंडिरहेका महतोलाई ठक्कर दिएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताए।

मोटरसाइकलचालक भरतपुर–२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस  

प्रकाशित: १५ वैशाख २०८० ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App