६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सुरक्षण मुद्रण केन्द्रका निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निर्देशक विकल पौडेल लगायतका पदाधिकारीलाई भ्रष्टाचारको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारद्वारा आइतबार जारी विज्ञप्ति अनुसार ‘पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस एण्ड प्रेसराइज्ड फ्यूल स्टोरेज ट्याङ’ खरिदमा बदनियत पूर्ण मिलेमतो गरेको अभियोगमा मुद्दा दायर गरेको हो।

पौडेलले उक्त ट्याङ खरिदमा राज्यलाई ६९ करोड ८ लाख रुपैयाँ नोक्सान पुर्‍याएको आरोप लगाइएको जानकारी अख्तियारका प्रवक्ता भोला दाहालले दिएका छन्। 

उनी माथि सेक्युरिटी प्रिन्टिङ खरिदमा वास्तविक भन्दा धेरै लागत तयार गरेर स्वीकृत गरेको, सम्झौता विपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गरेको, देशमै उत्पादन भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गरेको आरोप लगाइएको छ।

यसैगरी खरिद सम्झौता बमोजिम काम नगरी संरचना सञ्चालन बापत र आपूर्ति पछिको सेवा बापत अग्रिम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने बल्क फियुल ट्याङ सिस्टमको खरिद गर्ने कार्य गरी सरकारलाई हानी नोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

अख्तियारले निर्देशक पौडेलसँगै मेकानिकल इन्जिनियर नवीनकुमार पोखरेल, सहायक निर्देशक रमेशप्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन, परामर्शदाता वास्तु शिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौविरुद् पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रकाशित: ३ वैशाख २०८० १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App