७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

डढेलोका कारण बढ्यो वायु प्रदूषण

म्याग्दीका उच्च भेगमा गत फाल्गुन महिनामा लागेको डढेलो। (फाइल तस्वीर)

केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ। डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थ कर बन्दै गएको वातावरण विभागले जनाएको छ। 

विभागका अनुसार अहिले पनि काठमाडौँ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रले हावा प्रदूषित भएको जनाएका छन्। 

काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको जनाइएको छ। आज बिहान ९ः३० बजेको हावाको गुणस्तर मापक सूचक (एक्यूआई) का अनुसार काठमाडौँ दोस्रो सूचीमा रहेको हो।

एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ। काठमाडौँको एक्यूआई अहिले एक सय ९२ छ। सूचीको पहिलो स्थानमा थाइल्यान्डको च्याङमाइ सहर रहेको जनाइएको छ। च्याङमाइको एक्यूआई २ सय २२ छ। यसैगरी तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता छ।

एकाउन्नदेखि सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ। त्यसभन्दा माथिको एक्यूआई अस्वस्थ कर हुन्छ । एक्यूआई तीन सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ।रासस

प्रकाशित: ३ वैशाख २०८० ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App