२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पुनर्निर्माण पर्खिरहेको कोटदबार

कालिकोटको सदमुकाम मान्मको प्रतिमाचोकदेखि २ किमि टाडा रहेको पर्यटकीय स्थल हो कोटदबार। राजा मलेबम्ब बसेको दरबार हो यो।

कालिकोट जिल्लामा रहेका अन्य पर्यटकीयस्थल जस्तै कोटदरबार क्षेत्रलाई पनि महत्वपूर्ण पर्यटकीय स्थलका रूपमा चिन्न सकिन्छ। दसैं, तिहार, नयाँ वर्षलगायतका अन्य चाडपर्वमा यहाँ थुप्रै आन्तरिक पर्यटक घुम्न आउने गर्दछन्।

आन्तरिक तथा बाह्य पर्यटक कालिकोट पुगेपछि कोटदरबार क्षेत्रमा पुगेर रमाइलो गर्ने गर्दछन्। विडम्बना न कुनै संरचना नै छ न त खानेपानीको व्यवस्था नै छ।

घुम्न आउने पर्यटकले खानेकुरादेखि अन्य आवश्यक सामग्री लिएर कोटदरबार क्षेत्रमा पुग्ने गर्दछन्। स्थानीय सरकार तथा प्रदेश सरकारबाट बेलाबखत रकम विनियोजन गरे पनि हालसम्म पर्यटकीय स्थलको विकास निर्माणमा भने खासै विकास भएको देखिँदैन।

२०७४ पछिको स्थानीय तह खाँडाचक्र नगरपालिकाले कोटदरबार क्षेत्र संरक्षणका लागि ग्याविन तार, तीनवटा प्रतीक्षालय, धारो र सालिक राख्नका लागि आवश्यक काम गरे पनि हाल सबै संरचना संरक्षण अभावमा छन्।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले कोटदरबार क्षेत्रमा वृक्षरोपण गरे पनि कुनै पनि बिरुवा उभो लाग्न सकिरहेका छैनन्। कोटदबार क्षेत्र कहिले चरिचरण बन्ने गरेको छ त कहिले फोहोरको थुप्रो बन्ने गरेको छ। अहिले पर्यटकीय क्षेत्र सुधारका लागि आउने बजेट अन्यत्र खर्च गरेर कोटदबारको मुहार फेर्ने काम नभएको स्थानीयको गुनासो छ।

प्रकाशित: २ वैशाख २०८० ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App