१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

असमन्वयले गर्दा थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भन्दै बालेनले दिए १४ उदाहरण

सिंहदरबारकाे फाेहाेर यसकारण उठेन

आइतबारबाट सिंहदरबार परिसरभित्रको फोहोर उठेको छैन। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको ठाडो आदेशमा सिंहदरबारको फोहोर नउठाइएको हो। उनले सामाजिक संजालमा स्टाटस राख्दै अब सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए। महानगरभित्र कुनै छलफल गरेर निर्णय भने गरेका होइनन्। उनले फोहोर नउठाउन निर्देशन दिएपछि सिंहदरबारको फोहोर उठेको छैन।  

तर आधिकारिक निर्णय नगरि यस्तो आदेश दिएको भन्दै आलोचना बढ्न थालेपछि उनले सामाजिक संजालबाटै यसको जवाफ दिएका छन्। उनले साेमबार बिहान लामो स्टाटस राख्दै सि‌ंहदरबारले गरेकाे असमन्वयकाे १४ वटा  उदाहरण देखाएर सिंहदरबारको फोहोर नउठाउनुबारे स्पष्टिकरण दिएका छन्।  

मेयर बालेन शाहले सिंहदरबारको फोहोर उठाउने निर्णय लहडमा अनायासै नगरेको स्पष्ट पारेका छन्। बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरबाहीले गर्दा बाध्यात्मक कदम उठाउनु परेको मेयर शाहको प्रस्टोक्ति छ।  

सिंहदरबारले जनजिविकाका कुरामा स्थानीय सरकारसँग समन्वय नगरेको उनको आरोप छ। असमन्वयकारी भुमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको उनको भनाई छ। पटक पटकको कोशिस पछि ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ।  

जसका केहि उदाहरणहरुः  

१. गृह मन्त्रालयः अव्यवस्थित बस्ति व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको ।

२. परराष्ट्र मन्त्रालय: विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार  

३. शिक्षा मन्त्रालय्: सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा- दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।

४. स्वास्थ्य मन्त्रालय: सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स ९१०२० को काठमाडौँ उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन- दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।

५. पर्यटन तथा नागरिक उड्ययनः एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संबत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल- दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।

६. अर्थ मन्त्रालयः ५२ बर्षदेखि तिनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौमा मेलम्चीको पानी ल्याउने कार्यक्रम -२ मन्त्रीसँग पटक पटक पहल

७. सहरी विकाश: खोला कोरीडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साईटको ग्यास पाईपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौमै फोहोर ब्यबस्थापन गर्न कानुन र जग्गा -४ मन्त्रीसँग पटक पटक पहल ।

८. भौतिक यातायात्: रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन- दुई मन्त्रीहरूसँग पटक पटक पहल ।

९. सूचना तथा सञ्चारः ISP र टेलिकमबिच एकिकृत पुर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् ( २ मन्त्रीसँग पहल  

१०. ऊर्जा मन्त्रालयः सडक बत्ति अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग- २ मन्त्रीसँग पहल  

११. खानेपानीः मेलम्चीको पानी र पाइप व्यवस्थापन, KUKL को उचित व्यवस्थापन पहल- २ मन्त्रीसँग पटक पटक पहल  

१२. भूमिसुधार मन्त्रालयः सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण- मन्त्रीसँग पटक पटक पहल  

१३. सङ्घीय मामिलाः तिनकुने विवाद पहल, कर्मचारी सरुवा- दुई मन्त्रीसँग पटक पटक पहल  

१४. कृषि  मन्त्रालयः मल खरिद तथा उपत्यकामा आउने तरकारीको परिक्षण- मन्त्रीसँग पटक पटक पहल 

प्रकाशित: २७ चैत्र २०७९ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App