१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

जुम्लामा ‘चिया बाजे’ नामले परिचित छन् ६७ वर्षीय काशीराम

जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिर पछाडि उद्योग वाणिज्य संघको भवन छ। त्यस भवनसँग गाँसिएको छ एउटा सानो टहरो। टहरोमा छ एक चिया पसल।

यस चिया पसलमा बिहानै देखी बेलुकीसम्म निकै भिड लाग्ने गर्छ। यो चिया पिउनका लागि जम्मा भएको भिड हो।

जुम्ला चन्दननाथ नगरपालिका -२ का काशीराम भण्डारी र देवीकन्या भण्डारीले चलाएको चिया पसल निकै लोकप्रिय छ। यहाँ बिहानै देखि बेलुकी अबेर सम्म चिया पिउनका लागि ग्राहक आइपुग्छन्। चिया पिउने र समसामयिक छलफल गर्ने थलो बनेको छ भण्डारीको चिया पसल।

हरेक हिसाबले केन्द्रमा रहेको यो चिया पसल सबैका लागि निकै प्रेरणादायी बनेको छ। यसले ज्येष्ठ नागरिक केही गर्न सक्दैनन्। उनीहरू छोराछोरीको कमाइमा निर्भर हुन्छन् भन्ने भ्रम ताडेको छ।  

जुम्ला चन्दननाथ नगरपालिका–२ का ६७ वर्षीय काशीराम भण्डारी र उनकी पत्नी ६५ वर्षीय देवीकन्या भण्डारीले ग्राहकलाई चिया खुवाउन बिहानैदेखि पसलमा आइपुगेका हुन्छन्। उनीहरूले चिया बेचेर मनग्गे आमदानी गरेका छन्।

यहाँका अधिकांश घरपरिवार तथा छोराछोरीबाट ज्येष्ठ नागरिक सहारा विहीन छन्। छोराछोरीको कमाइमा निर्भर छन्, स्थानीय विर्ख कार्कीका अनुसार याे जोडी आफैँमा निर्भर छ। काशीरामले चिया पसलबाट कमाएको रकमले छोरीलाई पढाउन सफल भएका छन्।

उनले छोराछोरीको पढाइसँगै मेहनत गरे बेरोजगार बस्नु पर्दैन भन्ने सन्देश दिएका छन्। चन्दननाथ मन्दिरको टहरा भाडामा लिएर व्यापार गरेका यस जोडीले एकै दिनमा पाँच सयभन्दा बढी गिलास चिया बेच्ने गरेको सुनाए। चिया बेचेर घर खर्च चलाउन सहज भएको उनीहरू बताउँछन्।

चियाका लागि दैनिक ६० लिटर दुध खपत हुने काशीराम बताउँछन्। 'कहिलेकाहीँ त ग्राहकको माग अनुसारको चिया पुर्‍याउन सकिँदैन' उनी भन्छन्। उनले चिया बेचेर एक स्याउ बगैँचा बनाएका छन्। स्याउबाट बर्सेनि डेढ लाख रुपैयाँ आमदानी हुने बताउँदै उनले दैनिक एक सय ५० रुपैयाँ जम्मा गर्ने सुनाए।

भविष्यमा कुनै समस्या समाधानका लागि बचत गर्ने गरेको उनी बताउँछन्। अहिले चिया पसलमा कमाएको घरमा छोराछोरीलाई सहयोग गरिरहेको देवीकन्याले बताइन्। 'आफ्नो पाखुरा हुँदासम्म आफैँ काम गरेर खानु पर्छ।' उनले भनिन्।

प्रकाशित: २५ चैत्र २०७९ १५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App