६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

आजको मौसम आंशिकदेखि सामान्य बदली हुने

आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू–भागमाआंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। 

कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिकवर्षाको सम्भावना रहेको छ। 

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित: १९ चैत्र २०७९ ०३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App