८ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

प्रधानमन्त्रीसँग मिटरब्याज पीडतको भेटवार्ता

तस्बिरः प्रदीपराज वन्त

प्रधानमन्त्री पुष्पकमल दाहालसँग मिटरब्याज पीडितले आज भेट गरेका छन्। बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन्। भेटमा प्रधानमन्त्री दाहालसमक्ष पीडितले मिटरब्याजबाट मुक्त गर्न आग्रह गरेका थिए। 

उनीहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले समस्या समाधानमा सरकार गम्भीर भएर लागेको जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौँ आइपुगेका मिटरब्याज पीडित न्याय नपाएसम्म नफर्किने भनेर बसिरहेका छन्। उनीहरुसँग गृहमन्त्रालयले तीन चरणको वार्ता गरिसकेको छ। अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने लगायतका माग भने गृहमन्त्रालयले सम्बोधन गरिसकेको छ।

शुक्रबार उपप्रधानमन्त्री एवं नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हालेपछि मिटरब्याज पीडितको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने पहिलो निर्णय गरेको र आउँदो मन्त्रिपरिषद्मा प्रस्ताव लिएर जाने जानकारी दिएका थिए।

प्रकाशित: १८ चैत्र २०७९ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App