९ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

एसईईको प्रश्नपत्र ‘लिक’ गरेको आरोपमा एक जना पक्राउ

बाराको आदर्शकोतवाल गाउँपालिका स्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट एसइईको पहिलो दिन शुक्रबार अंग्रेजी विषयको प्रश्न पत्रलाई मोबाइलबाट ‘लिक’आरोपमा बारा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा कचोर्वा निवासी दिपक कुमार गुप्ता रहेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

गुप्ताले एक परीक्षार्थीको साहायतामा मोबाइलमा प्रश्न पत्र मगाएर हेरि रहेको अवस्थामै प्रहरीले मोबाइल सहित नियन्त्रणमा लिएको उनले बताए। परीक्षा सुरु भएको आधा घण्टामै गुप्ताले भाइबरमा अँग्रेजीको प्रश्न पत्र बाहिरियाउन सफल भएका थिए।

गुप्ता पक्राउ परे पछि प्रश्न पत्र बाहिरिए पनि त्यसलाई समयमै नियन्त्रणमा लिएका कारण यसले परीक्षामा कुनै असर नगरेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताएका छन्।

परीक्षार्थीले परीक्षा स्थलमा लुकाएर मोबाइल लगेको र त्यसैको साहायतामा प्रश्न पत्र बारिहियाएको घटना सार्वजनिक भए पछि त्यहाँ केन्द्राध्यक्ष दिनेश साहलाई हटाएर अर्का केन्द्र अध्यक्षमा पप्पु कुमार सिंहलाई पठाइएको प्रजिय सापकोटाले बताए।

केन्द्र अध्यक्ष साहको साथ साथै दुई सहायक केन्द्राध्यक्ष र २ निरीक्षकसहित ५ जनालाई पनि हटाइएको छ भने मोबाइलमा प्रश्न पत्र बाहिरियाउने परीक्षार्थीलाई पनि निष्कासित गरिएको उनले बताए।

प्रकाशित: १७ चैत्र २०७९ १४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App