१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ शिवालय चौकमा बिहीबार राती कर्णाली प्रदेश ०२ –००१ प ४९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका –२ कोलडाँडाँ बस्ने २४ वर्षीय सुदिप चौधरी रहेका छन्। मोटरसाइकलको पछाडि बस्ने बाँके बैजनाथ गाउँपालिका –३ बस्ने २२ वर्षीय सुशील चौधरी घाइते भएका छन्। 

दुवै जना नेपाल सेनामा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रदेश अस्पताल कालागाउँमा घाईतेको उपचार भईरहेको छ। मोटरसाइकल चालक सुदिप चौधरीलाई प्रदेश अस्पताल पुर्‍याए लगत्तै मृत घोषणा गरिएको थियो।

प्रकाशित: १७ चैत्र २०७९ ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App