१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पोखरा उपत्यकामा नयाँ प्रजातिको चरा भेटियो

पोखरा क्षेत्रमा फेला परेको अल्ताई लेकचरी। फाइल तस्बिरः नागरिक

पोखरा उपत्यकामा नयाँ प्रजातिको चरा भेटिएको छ। उच्च भेगमा मात्र बसोबास गर्ने अल्ताई लेकचरी पोखरा उपत्यकामा पहिलो पटक फेला परेको हो। पोखरामा यो प्रजातिको चरा पहिलो पटक फेला परेको चराका जानकारहरुले बताएका छन्।  

नेपालमा समुन्द्री सतह देखि ४३ सय मिटरसम्मको उचाईमा भेटिने अल्ताई लेकचरी पोखरा उपत्यकाको १३ सय मिटर उचाईमा फेला परेको पोखरा पंछी समाजका सचिव हेमन्त ढकालले जानकारी दिए। उनले पोखरा उपत्यकामा पहिलो पटक १३ सय मिटर उचाईमा यो प्रजातिको चरा फेला परेको बताए।  

‘यसअघि गणनाको क्रममा यति कम उचाईमा यो चरा फेला परेको थिएन। यो चरा जाडो छल्न तल झरेको हुनसक्छ,’ ढकालले भने, ‘पंछी अवलोकनका क्रममा हामीले फेला पारेका हौ।’ यो प्रजाति पोखरा उपत्यका आसपासका डाँडामा पछिल्लो समय हिउँले ढाकेपछि बेसी झर्ने क्रममा तल्लो भूभागमा आईपुगेको हुनसक्ने उनले बताए। उनका अनुसार यो सँगै पोखरा उपत्यकामा पाउने चराहरुको प्रजाति ४ सय ८७ पुगेको छ।  

प्रकाशित: १७ चैत्र २०७९ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App