२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङमा सबैभन्दा बढी साक्षरता प्रतिशत फुङलिङको र कम मिक्वाखोलाको

फुङलिङ नगरपालिका ताप्लेजुङका ९ स्थानीय तहमध्ये सबैभन्दा साक्षर पालिका रहेको देखिएको छ।

राष्ट्रिय जनगणना २०७८ को प्रतिबेदन अनुसार फुङलिङ नगरपालिकाका ८६.५२ प्रतिशत मानिस साक्षर देखिएका छन्। फुङलिङमा पुरुष ९१.७३ र महिला ८१।५४ प्रतिशत साक्षर रहेको देखिएको छ। फुङलिङ नगरपालिकाको जनसंख्या २८ हजार ४ सय ४९ रहेको छ। फुङलिङ पछि सिरिजङ्गा गाउँपालिका साक्षर देखिएको छ। 

सिरिजङ्गामा ८३.४९ प्रतिशचत जनसंख्या साक्षर रहेको पाइएको छ। १४ हजार १ सय १४ जनसंख्या रहेको सिरिजङ्गामा ९०.०८ प्रतिशत पुरुष र ७६.६७ प्रतिशत महिला साक्षर रहेका छन्। सिरिजङ्गा पछि पाथीभरा याङ्वरक गाउँपालिका साक्षर देखिएको छ। ११ हजार ८ सय ६ जनसंख्या रहेको पाथीभरा याङ्वरकमा ८९.१६ प्रतिशत पुरुष र ७६.५६ प्रतिशत महिला साक्षर देखिएका छन्। १२ हजार २ सय ९६ जनसंख्या रहेको आठराई त्रिबेणी गाउँपालिकाको साक्षरता प्रतिशत ८१.८८ रहेको छ। त्यहाँ ८८.१७ प्रतिशत पुरुष र ७४.४३ प्रतिशत महिला साक्षर देखिएका छन्। सिदिङ्वा गाउँपालिकाका ८०.४४ प्रतिशत मानिस साक्षर देखिएका छन्। 

१० हजार ९ सय ७९ जनसंख्या रहेको सिदिङ्वाका ८६.०४ प्रतिशत पुरुष र ७४.७१ प्रतिशत महिला साक्षर रहेको जनगणनाको प्रतिबेदनमा उल्लेख गरिएको छ। १० हजार २ सय १३ जनसंख्या रहेको मैवाखोला गाउँपालिकाको साक्षरता प्रतिशत ७९.८७ प्रतिशत रहेको छ। त्यहाँ ८५.४१ प्रतिशत पुरुष र ७४.१८ प्रतिशत महिला साक्षर रहेका छन्। ११ हजार ८ सय ३८ जनसंख्या रहेको मेरिङदेन गाउँपालिकाको साक्षरता प्रतिशत ७९.४० प्रतिशत रहेको छ। त्यहाँ ८६.०६ प्रतिशत पुरुष र ७२.८९ प्रतिशत महिला साक्षर देखिएका छन्। 

११ हजार ७ सय ९१ जनसंख्या रहेको फक्ताङ्लुङको साक्षरता प्रतिशत ७८.६७ प्रतिशत रहेको छ। त्यहाँ ८४.६७ प्रतिशत पुरुष र ७२.३१ प्रतिशत महिला साक्षर देखिएका छन्। जिल्लाभरीमै कम जनसंख्या भएको मिक्वाखोला गाउँपालिकाको साक्षरता प्रतिशत पनि तुलनात्मक रुपमा अरुभन्दा केहि कम देखिएको छ। ७ हजार ९ सय ४६ जनसंख्या रहेको मिक्वाखोलाको साक्षरता प्रतिशत ७७.६८ रहेको छ। त्यहाँ ८३.०९ प्रतिशत पुरुष र ७२.४१ प्रतिशत महिला साक्षर देखिएका छन्।

प्रकाशित: १७ चैत्र २०७९ ०६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App