१५ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

सेतो मच्छिन्द्रनाथको रथ जात्राका कारण आज पनि सवारी आवगमन प्रभावित

तस्विर: प्रसन गुरुङ <br>

सेतो मच्छिन्द्रनाथको रथ जात्राका कारण कारण आज पनि सवारी आवगमन प्रभावित हुने भएको हो।

सेतो मच्छिन्द्रनाथको रथ जात्राको दोश्रो दिन आज असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर क्षेत्रको सवारी आवगमन प्रभावित हुनेछ ।

रथ यात्राको समयमा उक्त क्षेत्रमा कुनै सवारी साधन प्रवेश गर्न नदिने यस अघिनै काठमाडौमहानगर पालिकाले सूचना निकालेर सर्वसाधारणलाई जानकारी गराईसकेको छ।

हिजो पहिलो दिन  काठमाडौको दरवारमार्ग स्थीत तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी, असन क्षेत्रको सवारी रथयात्राको समय प्रभावित भएको थियो।

हिजोदेखि काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ।दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडि ३२ फुट अग्लो रथ तयार गरिएको थियो।चैत्र शुक्ल अष्टमी अर्थात् हरेक वर्ष चैते दसैँको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुने गर्छ।

प्रकाशित: १६ चैत्र २०७९ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App