१२ माघ २०८२ सोमबार
image/svg+xml
समाज

महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्नेलाई कारवाहीकाे माग

रुकुम (पश्चिम)मा एक महिलालाई पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेको भन्दै त्यहाँका अधिकार कर्मीहरुले सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय र क्षतिपुर्तिका लागि दवाब दिन संयुक्त बिज्ञप्ती निकालेका छन्। महिला पुनस्र्थाना केन्द्र (ओरेक)का जिल्ला संयोजक दिपा धिताल, महिला मानव अधिकार रक्षक सन्जालका अध्यक्ष ब्युझना पुन, मानव अधिकार सन्जालका संयोजक नरबहादुर लम्साल, अनौपचारीक सेवा केन्द्र इन्सेकका मनिषा केसी, हरप्लेस नेपाल रुकुमका बसन्ती परियारले हस्ताक्षर गरेका छन्।

बिज्ञप्तीमा लेखिएको छ ‘मुलुक संघिय संरचनामा प्रवेश गरी सकको छ। सुखी नेपाली समृद्ध नेपालको परिकल्पना सहित अगाडि बढेको हाम्रो देशमा आज पनि महिला हिंसा, हत्या, आतंक र बलत्कार जस्ता जघन्य अपराधको अन्तय हुन सकेको छैन। देश भरी दिनानु दिन महिलाहरु कुनैन कुनै तरीकाले ज्यान गुमाउन बाध्य भएका छन। यसबाट हाम्रो रुकुम जिल्ला पनि अछुतो रहन सकेको छैन।’

बिज्ञप्तीमा अगाडी भनिएको छ ‘मिति २०७९ चैत्र ८ गते बेलुका ७ बजे मुसिकोट नगरपालिका वडानं ४ ठाडाढुङ्गा कोठा भाडा लिएर बस्दै आउनु भएको बर्ष ३० का एक जना महिला माथि तुल्सीपुर उपमहांनगर पालिका वडानं १० बस्दै आएको बर्ष ३४ को प्रेम बहादुर के.सी.ले शरिर भरी पेट्रोल छर्केर जिउदै जलाउन खोजेको घटना प्रति हाम्रो ध्यान आकर्षण भएको छ। उक्त घटनाको घोर भत्र्सना गर्दै सत्य तथ्य पत्ता लगाइ दोषी उपर कानुन बमोजिमको कार्बाहिको लागि सम्बन्धीत निकाय समक्ष जोडदार माग गर्दछौ।’

रुकुम प्रहरी प्रमुख डिएसपि नमराज भट्राईका अनुसार आरोपितलाई पक्राउ गरि जिल्ला अदालतमा म्याद थप गरि अनुसन्धान प्रकृया अगाडी बढाईएको छ। ‘एकल महिलाई आगो लगाउने प्रयास भएको रहेछ। आरोपितलाई पक्राउ गरि ज्यानमार्ने उद्योग सम्बन्धी मुद्धा अगाडी बढाएका छौ। लाईटर नबलेका कारण ठुलो घटना हुन नपाएको देखिन्छ।’ उनले भने ‘आर्थिक लेनदेनका कारण बिबाद आएको देखिएको छ। प्रहरी कानुन बमोजिम अगाडी बढेको छ।’

प्रकाशित: १३ चैत्र २०७९ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App