३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

‘पाँच पाण्डव’ मा डल्बी एट्मसको महसुस गर्न पाइने

चलचित्र ‘पाँच पाण्डव’ मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन्। म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’ को साउन्डको काम हुने भएको छ।

‘पाँच पाण्डव’ नेपालकै पहिलो डल्बी एट्मस साउन्ड स्टुडियोमा साउन्डको काम गर्ने फर्स्ट सिनेमा हुनेछ। निर्माण पक्षले पूरै साउन्डको काम डल्बी एटमसमा हुने बताएको छ।

“हामीले डल्बी एट्मसका लागि स्टुडियोसँग सम्झौता गरिसकेका छौं,” पाँच पाण्डवका प्रस्तुतकर्ता नवीन श्रेष्ठले भने, “हामी हाम्रा दर्शकलाई साउन्डको फरक टेस्टसहितको प्राविधिक रूपमा पनि अब्बल सिनेमा दिने छौं।”

यसका लागि डल्बी एट्मस स्टुडियोका सञ्चालक सन्तोष शर्मासँग कागजी सम्झौता गरिसकेको उनले बताए। सम्झौता गर्दा ‘पाँच पाण्डव’ का मुख्य कलाकार हरिवंश आचार्य र निर्देशक वसन्त निरौलाको पनि उपस्थिथि रहेको थियो।

साउन्डमा कम्प्रमाइज नगरेजस्तै अन्य कुनै पनि कुरामा आफूले चलचित्र निर्माणमा कम्प्रमाइज नगर्ने नवीन बताउँछन्।

चलचित्र ‘पाँच पाण्डव’ को शुभमुहूर्त भइसकेको छ। वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश आचार्यसँगै जितु नेपाल, सागर लम्साल (बले) लगायतका कलाकारको अभिनय रहनेछ।

चलचित्र नामअनुसारकै धार्मिक नभएर सोसल ड्रामा भएको निर्माण पक्षले प्रष्ट पारेको छ।

‘पाँच पाण्डव’ को महिला पात्रमा दीपाश्री निरौला र रजनी गुरुङ रहने छन्।

काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको कथा सुशील पौडेलले लेखेका छन्। पटकथा तथा संवाद पनि उनकै रहेको छ। पौडेल चर्चित सिनेमा ‘प्रसाद’ का लेखक समेत हुन्। नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन्।

केही महिनाभित्र छायाकंन सुरु गरिने चलचित्रको प्रोडक्सन म्यानेजरमा दिलिप पन्त रहेका छन्।

प्रकाशित: १२ माघ २०८२ १०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App