३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सुनसरीमा आगलागी हुँदा तीन घर जलेर नष्ट

आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएका घरहरु।

गहुँ थ्रेसर गर्दा मेशिनबाट अचानक आगलागी हुँदा सुनसरी भोक्राहा नरसिंह वडा नं. ८ का तीन वटा घर जलेर नष्ट भएका छन्।

आइतबार दिउँसो ३ बजेतिर भोक्राहा नरसिंह वडा नं. ८ मा गहुँ थन्क्याउन थ्रेसर मेशिन चलाई रहेका बेला आगलागी हुँदा स्थानीय खुसिद अन्सारी, आलम अन्सारी र फरान अन्सारीको घर जलेर नष्ट भएको हो। यी तीन परिवारका तीन वटा फुसका छाना लगाएका बासको टाटी लगाएर लिपेका घरसँगै गाई गोठ समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

आइतबार हावा चलेका कारणले पनि आगो छिटो सल्किएर तीन वटा घरसँगै उनीहरुको गाई गोठ छिनभरमै जलेको स्थानीय पत्रकार दिपेन्द्र यादवले बताए। उनका अनुसार साँझसम्म आगो पूर्ण रुपमा नियन्त्रणमा आइ सकेको छ।

आगोलाई स्थानीयवासी, सुरक्षाकर्मी, बारुणयन्त्रको साहयताले नियन्त्रणमा लिइएको हो। तत्काल आगो नियन्त्रणमा लिन सम्भव भएकाले कारणले सो स्थानका अन्य घरहरुमा भने क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ। 

प्रकाशित: १२ चैत्र २०७९ १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App