१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुईसय लिटर अवैध मदिरा नष्ट

ईलाका प्रहरी कार्यालय सबैलाले विभिन्न स्थानबाट बरामद गरेकाे दुईसय लिटर घरेलु मदिरा नष्ट गरेकाे छ। बुधबार ईलाका प्रहरीले  विभिन्न क्षेत्रबाट बरामद गरेकाे घरेलु मदिरा बिहीबार बिहान नष्ट गरेको हो।

अवैघ रुपमा घरेलु मदिरा बनाएर बेचविखन कार्य नियन्त्रणका लागि अभियान नै चलाइएको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले जानकारी दिए।

मदिराले झैझगडा लगायत अन्य समस्याहरु उत्पन्न गराउने भन्दै प्रहरीले घरेलु मदिरा नियन्त्रण गर्न लागि परेको प्रहरी निरीक्षक देवकोटाको भनाइ छ। घरेलु मदिरा चेक जाँच तथा नियन्त्रण गर्ने अभियान ईलाका ग्रामीण बस्तीहरुमा संञ्चालन गरिरहेको प्रहरीले जनाएको छ।

'समाजमा हुने गरेका अधिकांश आपराधिक घटना मदिराजन्य पदार्थ सेवनकै कारण भएको देखिन्छ,' उनले भने, 'आपराधिक घटनाको अनुसन्धानबाट मूल कारण मदिरा भएको देखिएको छ।' घरेलु मदिरा सजिलै पाउने भएकाले यसको सेवनबाट मातिएकाहरूले आपराधिक घटना घटाएको पाइएको उनले बताए।

समाजमा झैझगडा र अपराधको एउटा मुख्य कारण रूपमा रहेको अवैध घरेलु मदिरा भएकाले नियन्त्रणमा लिएको प्रहरीको दाबी छ।

प्रकाशित: ९ चैत्र २०७९ ०५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App