३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

बाल विवाह रोक्न जुटे धामीझाँक्री

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाका जनप्रतिनिधि र धामीझाँक्री बाल विवाह रोक्न एकजुट भएका छन्। उनीहरूले उमेर नपुगेर गरिने विवाहमा आयोजना हुने भोजभतेर बहिस्कार गर्ने निर्णय गरेका हुन्। बाल विवाह भए÷देखेको थाहा पाए कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धतासहित बाल विवाहविरुद्धका गतिविधिमा जनप्रतिनिधि र धामीझाँक्री नै जुट्ने निर्णय भएको हो।

‘बाल विवाह सामाजिक कुरीतिका रूपमा मौलाइरहेको छ, यसको अन्त्यका लागि जनप्रतिनिधि नै अग्रसर हुनुपर्ने भएकोले विभिन्न विकल्पको खोजी गरिरहेका छौं’,वडा नं ४ का अध्यक्ष प्रदिपप्रसाद चौलागाईंले भने, ‘अहिले विभिन्न टोलमा जनप्रतिनिधिकै संलग्नतामा बाल विवाहविरुद्धका सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेका छौं। उमेर नपुगेर गरिने विवाह रोक्न वडाको सिपारिस पत्र अनिवार्य गरेका छौं।’ उनले उमेर पुगेर विवाह गर्ने जोडीलाई वडाले सम्मान गर्ने निर्णयसमेत गरेको बताए।

वडा कार्यालयका अनुसार गाउँमा उमेर नपुगेर गरिने विवाह रोक्न धामीझाँक्री र पण्डित एकजुट भएका छन्। चालु आर्थिक वर्षभित्र तीनवटा बाल विवाह रोकिएको वडा कार्यालयले जनाएको छ। मा बाल विवाह रोकिएको छ। अहिले विवाह हुन लागेको जानकारी पाउनेबित्तिकै जनप्रतिनिधि, किशोरी समूहले विवाह हुने स्थलमा गएर केटाकेटीको उमेर सोधिन्छ। 

प्रकाशित: ७ चैत्र २०७९ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App