१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

‘कोशी प्रदेश’ नामाकरण विरुद्ध आन्दोलनमा उत्रिएका दुई जना पक्राउ

कोशी प्रदेश नाम खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।

बिहीबार विराटनगर स्थित प्रदेश सभा भवन अगाडि कोशी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा नामाकरण गर्न  माग गर्दै आन्दोलनमा उत्रिएका जनक ऋषि राई र संजय याख्खालाई प्रहरीले पक्राउ गरेको हो।

कोशी प्रदेश खारेजीको माग गर्दै बिहीबार प्रदेशसभा भवन अगाडि पहिचान पक्षधर कविहरूको कविता वाचन कार्यक्रम आयोजना गरिएको थियो। पक्राउ परेको जनकऋषी राई नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष पनि हुन्।

प्रकाशित: २ चैत्र २०७९ ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App