१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

जुम्लामा जेष्ठ नागरिकलाई वडा सरकारको सम्मान

जुम्लाको सिंजा गाउँपालिका ५ ले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तीलाई सम्मान अभियान थालेको छ। वडामा रहेका जेष्ठ नागरिक अपांगता भएका व्यक्तीलाई सम्मान स्वरुप हर्लिक्स र कम्बल दिइएको हो। 

सिंजा गाउँपालिका ५ का १ सय ५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । ७० बर्ष माथिका जेष्ठ नागरिकलाई वडाले सम्मान गरेको कार्यवाहक वडाध्यक्ष ललिता बुढाले बताइन्। यस्तै ३१ जना अपांगता भएका व्यक्तीलाई कम्बल दिइएको छ।एक व्यक्तिलाई १ डिब्बा हर्लिक्स दिइएको छ  ।भने प्रति व्यक्ती अपांगता भएका लाई १ कम्बल दिइएको छ । वडा कार्यालयमा भेला गराएर सम्मान गरिएको हो । 

७० वर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्यमा सुधार ल्याउने प्रमुख उदेश्य रहेको वडा सचिव मदनसिंह खत्रीले बताए ।हर्लिक्स ५० हजार र कम्बल ४० हजार रकम रहेको सचिव खत्रीले बताए ।सिंजा  गाउँपालिका ५ का ८० बर्षिय बलरुप बुढाले वडाले दिएको पोषिलो खानेकुराले राहत मिलेको बताए । उनले भने,गाउँमै जेष्ठ नागरिकको सम्मान गर्ने सरकार पाएका छौँ । यसैमा खुसी छौँ।७५ बर्षिया धनकली बुढाले हर्लिक्स उपलब्ध गराएको भन्दै स्थानीय सरकारलाई धन्यवाद दिइन्।स्वास्थ्य अवस्था कमजोर भएका जेष्ठ नागरिकलाई स्वास्थ्यवद्र्धक उपहार दिएको भन्दै खुसीले गदगद भएको बताइन।

पोषण युक्त का खानेकुरा वितरण गर्दै कार्यवाहक वडा अध्यक्ष ललिता बुढा जेष्ठ नागरिकको सम्मान सबैले गर्नुपर्ने बताउँछिन्।  सबै भोली जेष्ठ नागरिक हुने भएकोले स्याहारसुसार आवश्यक रहेकोे उनि बताउँछन् । बालापनको उमेर र वृद्ध उमेर उस्तै उस्तै हुने भन्दै उनले खानपिन र सम्मान सत्कारमा कन्जुस्याइँ नगर्न अपिल गरिन्।यस्तै जुम्लाको  गुठिचौर गाउँपालिका –५ ले ८५ जना जेष्ठ नागरीकहरूलाई कम्मल बितरण गरेर सम्मान गरेको वडाअध्यक्ष कमल महतले बताए । गाउँपालिका अध्यक्ष दानबहादुर बुढाको रोवहरमा वितरण गरिएको हो।

प्रकाशित: १६ फाल्गुन २०७९ १४:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App