७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

तेह्रथुममा भीषण आगलागी, २३ घर जलेर नष्ट, गाउँपालिकाको दमकल नहुँदा आगो नियन्त्रणमा सकस

तेह्रथुमको आठराई गाउँपालिका वडा नं–६ चुहानडाँडाको हातिखर्कमा आगलागी भएको छ। शुक्रबार दिउँसो २ बजेबाट जङ्गलमा लागेको आगो नियन्त्रण लिन नसक्दा गाउँमा पसेको हो।

आठराई गाउँपालिका वडा नं–६ चुहानडाँडाका वडाअध्यक्ष कृष्ण बास्कोटाका अनुसार मान्छे बस्दै आएको हालसम्म ९ वटा घर र मान्छे नबस्ने १४ वटा घर जलेर नष्ट भएको छ भने हालसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन। 

उनले भने, ‘हाम्रो गाउँपालिकामा दमकल नभएको कारणले पाँचथर बाट दमकल मगाएका छौँ। यहाँ आइसकेको छ। तर दमक जाने ठाउँ नभएकोले दमकल जाने ठाउँ सम्म मात्र नियन्त्रण भएको छ। हाम्रो यहाँ पानी नभएकोले आगो नियन्त्रणमा सकस भएको छ।’

बास्कोटाले आगोको धुवाँ धुलोले गर्दा गाउँ नै नदेखेका बताए। आगोलागिको कारण भने नखेलेको तर खोलामा माछा मार्न जाने व्यक्तिहरुले जङ्गलमा आगो लगाउँदा आगो लागेको हुन सक्ने बताए। 

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी राजन चापागाईँका अनुसार गाउँको आगो नियन्त्रणमा आएको तर जङ्गलको आगो नियन्त्रणमा नआएको हो। 

उनले आगो नियन्त्रणमा टोली खटेको छ भने घटनाको थप विवरण भने आउन बाँकी रहेको बताए।  

प्रकाशित: १२ फाल्गुन २०७९ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App