coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सौराहामा जङ्गली हात्तीको आक्रमणबाट विदेशी नागरिकको मृत्यु

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट  एक विदेशी नागरिकको मृत्यु भएको छ। आज (शुक्रबार)  साढे १२ बजे सौराहाको सरकारी हातिसारबाट करिब  ६ सय मिटर तल  गोविन्दे नामको जङ्गली हात्तीको आक्रमणबाट  इजरायली नागरिकको मृत्यु भएको हो। 

मृतक पुरुषको  साथमा इजरायली ड्राइभिङ लाइसेन्स रहेको प्रहरीले जनाएको छ। त्यो लाइसेन्समा  समुयल बोइकनर नाम  उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  उनी टिकट नकाटी एक्लै निकुञ्ज भित्र छिरेको पाइएको बुझिएको छ।  थप अनुसन्धान भइरहेको निकुञ्जले जानकारी दिएको छ 

चालू आवको छ महिनामा चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट ८ जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ। त्यसमध्ये हात्तीको आक्रमणबाट मात्रै दुई जनाको ज्यान गएको छ। गत पुस महिनामा भरतपुर महानगर २८मा ७० वर्षीय वृद्धाको मृत्यु भएको थियो।

प्रकाशित: १२ फाल्गुन २०७९ १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App