४ वैशाख २०८१ मंगलबार
समाज

रौतहटबाट फरार भएका अभियुक्त काठमाडौँबाट पक्राउ

रौतहटको गरुडा नगरपालिका ९ का एक फरार अभियुक्त काठमाडौँबाट पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट गरुडा नगरपालिका ९ सिसवाका २७ वर्षीय शिव शंकर कुमार यादव काठमाडौँमा पक्राउ परेका हुन्।

गत २०७९ असोज २६ गते गरुडा नगरपालिका ९ सिसवास्थित सार्वजानिक सडकमा यादव समेतका ब्यक्तिहरुले ५२ वर्षीय छबिलाल साहलाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते  शाहको नारायणी बयोधा शिक्षण अस्पतालमा उपचार क्रममा कात्तिक १८ गते मृत्यु भएको थियो।

कुटपिट गरी कर्तव्य ज्यान घटनामा संलग्न रही फरार रहेका यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर ग्वार्कोबाट पक्राउ गरेको हो।

पक्राउ परेका यादवलाई आवश्यक कानूनी कारवाहीका लागि ईलाका प्रहरी कार्यालय गरुडा रौतहट पुर्‍याएको प्रहरीले जनाएको छ।  

प्रकाशित: १० फाल्गुन २०७९ १३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App