१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

शिवरात्रिका दिन उपत्यकाको १० वटा रुटमा पूर्णरूपमा सवारीसाधन सञ्चालनमा रोक

शिवरात्रिलाई लक्षित गर्दै महानगरीय ट्राफिक महाशाखाले उपत्यकाको १० वटा रुटमा पूर्णरूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।  

भोलि शिवरात्रीका दिन दर्शनार्थीको भिडभाड बढी हुने हुनाले  चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ यस्तै सिफल चौरबाट जगबागेश्वरीतर्फ, लामापोखरी कुटुबालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगङ्गाबाट गौशलातर्फ सवारी आवागमन निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

त्यसैगरी मालवाहक सवारी साधनहरुलाई भने तिनकुने , जोरपाटी, चुच्चेपाटी , सिनामंगलपुल र बसुन्धाराबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित: ५ फाल्गुन २०७९ १६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App