१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

दाउराको सट्टा ‘गुइँठा’

दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ। चौधरी समुदायमा यसको प्रयोग बढी हुने भए पनि अन्यको घर आँगनमा समेत गुइँठा देख्न सकिन्छ।

दाउराको विकल्पमा गुइँठा प्रयोग गर्ने गरिएको तुलसीपुर-१२ कचिलाकी मिनकुमारी चौधरीले बताइन्। ‘दाउरा लिन वन जान सकिन्न। यही गुइँठा र अलिकति दाउरा मिसाएर खाना पकाउँछौं’, उनले भनिन्, ‘गुइँठा सजिलो लाग्छ।’

गाई, गोरु, भैंसी र राँगाको गोबरमा पसाल तथा भुस मिलाएर गुइँठा बनाउने गरिन्छ। गुइँठाले दाउराकै काम गर्ने भएकाले थारु समुदायले परम्परादेखि नै यसको प्रयोग गर्दै आएका छन्। पछिल्लो समय अन्य समुदायले पनि गुइँठा प्रयोग गर्ने गरेका छन्।

अहिले गुइँठा बनाएर बिक्री गर्ने चलन बढेको छ। एक बिटा गुइँठा एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको कचिलाकै निर्मला चौधरीले बताइन्।

गुइँठाको खरानी खेतीपातीमा मलका लागि प्रयोग हुन्छ। ‘गुइँठामा पकाएको खाना मिठो हुन्छ’, तुलसीपुर-१२ का  खुसीराम चौधरीले भने। खरानी बारीमा प्रयोग गर्दा कृषिजन्य वस्तुलाई किराबाट समेत जोगाउन सकिने उनको भनाइ छ। रासस  

प्रकाशित: ४ फाल्गुन २०७९ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App