४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

१७ लाख भारु रुपैयाँँसहित एक जना पक्राउ

महोत्तरी प्रहरीले स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँसहित महोत्तरीबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मटिहानी नगरपालिका–८ का २९ वर्षीय महेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।

मंगलबार भारतबाट नेपालतर्फ आउँदै गरेको ज.६ प.६६६४ नम्बरको मोटरसाइकल मटिहानी नगरपालिका–८ स्थित दशगजा क्षेत्र नजिक रोकी चेकजाँच गर्दा मोटरसाइकलको ट्यांकीमुनि लुकाएर राखेको अवस्थामा उक्त रकम बरामद भएको मल्लले बताए।

प्रहरी चौकी मटिहानी र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो। बरामद गरिएको रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिई यादवलाई राष्ट्रिय अनुसन्धान विभागमा पठाइने तयारी भइरहेको उपरीक्षक मल्लले बताए। 

प्रकाशित: २ फाल्गुन २०७९ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App