१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विवाहपछि नाम फेर्नु पर्दैन महिला साथीलेः पूर्व प्रधानमन्त्री डा. भट्टराई

‘राजनीतिक, आर्थिक र सांस्कृतिक संरचना परिवर्तन नगरी विभेद अन्त्य हुदैन’

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले विवाह हुने बित्तिकै नामको पछाडी श्रीमानको थर राख्ने परम्परा त्याग्न महिलाहरुलाई आग्रह गरेका छन्।

उनले मंगलबार कथाकार तथा नेपाल रिपब्लिक मिडिया प्रालिकी निर्देशक शोभा ज्ञवालीको पुस्तक ‘सङ्घर्ष’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो भनेका हुन्।

‘विवाह गेरेपछि नाम फेर्नु पर्दैन महिला साथीले। नाम नफेर्नु, त्यो गर्नुपर्दैन’, महिलाका संघङर्षका गाथा समेटिएको पुस्तकबारे चर्चा गर्दै डा. भट्टराईले भने, ‘विवाह पछि नाम परिवर्तन गर्नुपर्दैैन। सबैले नाम परिवर्तन गर्नुभएको छ । त्यसलाई फेरी परिवर्तन गरेको खर्च पनि लाग्दैन। भोलि नै गएर गर्नुहोस।’

उनले  हिसिला यमी र आफुबीच विवाहकै बेला नाम परिवर्तन नगर्ने सहमती भएको पनि बताए । ‘हिसिला र मैले २०३७ सालमा विवाह ग¥र्यौ। त्यतिबेलै नाम नफेर्ने घोषणा गरेका थियौ’, डा.भट्टराईले भने।

उनले आफ्नो विवाहमा दुई जनाबीच नाम नफेर्ने सहमती भएपनि नागरिकता बनाइदिने बेलामा प्रमुख जिल्ला अधिकारी (सिडियो)ले बढि जान्ने भनेर हिसिला यमीको पछाडी भट्टराई थपिदिएको बताए। ‘उहाँ (हिसिला यमी)ले मुद्दा लडेर भट्टराई हटाउनुभयो’, डा. भट्टराईले भने।

उनले महिला र पुरुषबीचको विभेद कम गर्दै जानका लागि पनि विवाह पछि नाम फेर्ने परम्परा हटाउनु पर्ने बताएका हुन।

‘तर यो एउटा सामान्य बिषय हो, विभेद हटाउन नीतिगत पहल नै हुनुपर्छ’, डा. भट्टराईले भने।

उनले महिला पुरुषको विभेदलाई संरचनागत र नीतिगत विभेदका रुपमा लिनुपर्ने बताए। ‘यो विभेद समाधानका लागि संरचना गत र नीतिगत रुपमै छलफल गरिनुपर्छ’, डा. भट्टराईले भने।

उनले राज्य संरचनानै विभेदकारी भएको उल्लेख गर्दै विशेषगरी राज्यले नै राजनीतिक र आर्थिक संरचना परिवर्तन नगरेसम्म विभेदको अन्त्य नहुने उल्लेख गरे। ‘यो काम राज्यले गर्ने हो। सामाजिक अभियानहरुले यसलाई सहयोग गर्नेहो’, डा. भट्टराईले भने। उनले राजनीतिक, आर्थिक र सांस्कृतिक संरचना परिवर्तन नगरी समस्या समाधान नहुने बताए।

पुस्तक ‘सङ्घर्ष’ डा. भट्टराईसहित समाजसेवी डा. माला खरेल,समाजसेवी अनुराधा कोइराला,समालोचक डा.ज्ञानु पाण्डे,साहित्यकार डा.नवराज लम्साल र कथाकार ज्ञवालीले  संयुक्त रुपमा विमोचन गरेका थिए।  

प्रकाशित: २ फाल्गुन २०७९ १२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App