coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आजको मौसमः तराईमा हुस्सु र कुहिराे, हिमाली भेग हिमपातको सम्भावना

फाइल तस्वीर

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा आंशिक बदली हुने छ। भने बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहनेमहाशाखाले जनाएको छ। प्रदेश नं. १ र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

त्यसै गरी आज राती प्रदेश नं १ को पहाडी भु(भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: २५ माघ २०७९ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App