२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

सर्लाहीका दुई गाउँमा सयौँलाई कम्बल

सर्लाहीको दुई गाउँका सयौँ विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ। सर्लाहीको बयलबास र चन्द्रनगरस्थित मोहनपुर तथा पोखरियाका दुई सय जनालाई कम्बल प्रदान गरिएको हो।

सर्लाहीको बयलबासमा साठी जना र मोहनपुर तथा पोखरियाका एक सय चालिस जना गरी दुई सय परिवारलाई कम्बल वितरण गरिएको हो। नेपाल डेभलभमेन्ट सोसाइटीको आर्थिक अनुदानमा स्थानीय समाज विकास केन्द्रले कम्बल बाँडेको हो। प्रत्येकलाई २ हजार पर्ने एउटा कम्बल प्रदान गरिएको स्थानीय समाज विकास केन्द्र हजार बिघाका सल्लाहकार टेकबहादुर थापा अर्जुनले जानकारी दिए।

मधेस प्रदेश सभाका सदस्य विमला अन्सारी, पूर्व गृह राज्यमन्त्री रिजमान अन्सारीलगायत भएर चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरेका हुन्।

केही दिनदेखि जाडो फेरि निकै बढेको अवस्थामा कम्बल वितरण गरिएपछि विपन्न समुदायमा खुसी भएका छन्।

प्रकाशित: २२ माघ २०७९ १३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App