४ श्रावण २०८१ शुक्रबार
image/svg+xml
समाज

चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थी र प्रहरीबीच झडप

काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थी र प्रहरीबीच झडप भएको छ। मंगलबार त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अगाडी विद्यार्थी र प्रहरीबीच झडप भएको हो।  

आइओएम सुधारको माग राख्दै विद्यार्थीहरू आन्दोलित छन्। उनीहरूले क्यामपसमा तालाबन्दीसमेत गरेका थिए। प्रहरीले ताला फुटाइदिएपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो।

प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिनुअघि प्रहरीले विद्यार्थीमाथि लाठीचार्जसमेत गरेको थियो। आइओएमभित्र प्रहरी प्रवेश गरी विद्यार्थीमाथि लाठीचार्ज गरेकोमा विद्यार्थीहरूले विरोध गरेका छन्। 

प्रकाशित: १० माघ २०७९ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App