coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाजुरा अस्पतालबाट रिफर गरिएकी गर्भवतीको बाटोमै मृत्यु

बाजुरा जिल्ला अस्पतालले थप उपचारका लागि रिफर गरिएकी गर्भवतीको बाटोमै मृत्यु भएको छ। बडीमालिका नगरपालिका १ पीनालेखकी २६ वर्षीया जानकी ल्वारको अछाम पुगेपछि मृत्यु भएको हो। ल्वारलाई बसको यात्रामा कंचनपुर हुदै भारत लैजाने तयारीमा आफन्तहरु थिए।  

१४वर्ष देखि मुटुको समस्या भोगि रहेकील्वारलाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि रिफर गरेको थियो। अछामको चौखुट्टे पुगेपछि ल्वारलाई गाह्रो भएको थियो। नजिक स्वास्थ्य संस्था नभएपछि बसमा सवारहरुले अछामकै बयालगडा लिन सुझाव दिएका थिए।  

सँगैरहेका जानकीका श्रीमान रमेश विकले बसबाट झारेर जीपमार्फत बयालगडा लिनेक्रममा बीचमै मृत्यु भएको थियो। ल्वारलाई एकाएक श्वास बढेर अफ्ठ्यारो भएको थियो। श्वास फेर्न समस्या भएको केही समयमै मृत्यु भएको श्रीमान रमेश विकले बताएका छन्।  

बयालगडा अस्पताल पुर्याउन नपाउँदै बीचमै मृत्यु भएको हो। दोस्रो सन्तानका लागि गर्भवती रहेकी ल्वारको पहिलो सन्तानपनि खेर गएको थियो। उनले ७वर्ष पहिले मुटुको भल्व फेरेकी थिइन्।  

गर्भवती अवस्थामा रहेकी ल्वारलाई मुटुकै समस्याले ज्यान गएको स्वास्थ्य कर्मीले बताएका छन्। ल्वारको सुत्केरी हुने समय फागुन अन्तिम पछि हो, अझै धेरै समय बाँकी थियो, तर पनि हामीले समस्य ाहुने देखेर समयमै रिफर गरेको बाजुरा जिल्ला अस्पतालमा कार्यरत डाक्टर जस्मीता बेलम्पाकीले बताएकी छन्।  

मुटुको समस्याले ल्वारको स्वास्थ्य अन्तिम अवस्था जस्तै थियो। समयमै सुविधा सम्पन्न अस्पतालमा पुर्याउन सकिएको भए बाँच्ने संभावना थियो। तर त्यो गर्न सकिएन, हामीले सकेजति प्रयास गरेको हो, बेलम्पाकीले भनिन्।  

सेती प्रादेशीक अस्पतालमा जान जिल्ला अस्पतालको सुझाव थियो। रिफर कागजपनि त्यसै अनुसार बनाउन लागिएको थियो। तर ल्वारका श्रीमानले आफूले नेपालमाउपचार नगर्ने र भारतको नयाँदिल्ली लैजाने अडान राखेका थिए। मसँग पैसा छैन्, यस अघि पनि भारतमै उपचार गरेको हो, उतै गर्छु, भनेपछि रिफर गरेर पठाएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष् मानबहादुर कार्कीले बताएका छन्।

एम्बुलेन्स र अन्यकुनै सुविधाबारे कुरै भएन्, पहिलो देखि कै विरामी मान्छे, पछिल्लो समय झनै अवस्था नाजुक हुदै गएकोले ल्वार काश्रीमानले भारतमै लैजाने अडान लिएका थिए। भारतमै बस्ने ल्वार परिवार परिचयपत्र बनाउन बाजुरा गएको थियो।  

उनीहात र खुट्टा दुबै खालको अपांग हुन्। बाजुरा अस्पतालले गर्भवतीअवस्थामाभएपनि मृत्युको कारण त्यो नभएको बताएको छ। हेलिकप्टर मार्फत धनगढी पठाउन सकिएको भएब चाउन सकिने अवस्था हुन्थ्यो, विरामीका तर्फबाट म नेपालमा उपचार नै नगर्ने भारत लैजाने अडान राखेपछि अस्पतालले रिफर गरेर मात्रै पठाएको अध्यक्ष कार्कीले बताएका छन्।  

मृतकल्वार दम्पती अध्यक्ष कार्कीकै गाउँले समेत हुन्। मृत्युको पहिलो कारण स्वयम ल्वारको मुटुको समस्या हो। जुन अन्तिम चरणमा पुगिसकेको थियो। दोस्रो परिवार र आफन्तको बेवास्ता पनि देखियो, उपचार सुविधा र सहज यातायात सेवानहुनु पनि समस्या नै हो, उपचारमा संलग्न स्वास्थ्यकर्मीको भनाई छ।  

ल्वारलाई श्रीमान रमेश विकले माघ ४ गते चेक जाँच गर्न ल्याएक ाथिए। अस्पताल बाजुराले औषधि दिएर घर पठाएको थियो। माघ ८ गते फेरि जिल्ला अस्पताल ल्याएका थिए। त्यो दिन नै अस्पतालले रिफर गरेको थियो।  

आर्थिक व्यवस्थापनमा ढिलाइ भएपछि ९ गते राती मात्रै बसमा ल्याइएको थियो। रिफर गरेकै दिन एम्बुलेन्स मार्फत ल्याएको भएपनि बाँच्ने अवस्था हुने थियो। जानकीको परिवार आर्थिक रुपमा बस्ने घर समेत नभएको अवस्थाकाहुन्।  

भारतमा पनि नेपाली आफन्तसँग सहयोग मागेरै मुटुको भल्व फेरेका थिए। आर्थिक समस्या कै कारण उनीहरु बसमा जान बाध्यभएका थिए। स्वास्थ्य समस्याको संवेदनशिलताबारे स्वास्थ्यकर्मी समेत जिम्मेवार नदेखिएको र स्थानीयतहले समेत एम्बुलेन्सको व्यवस्था नगरेको प्रतिचर्को विरोध भइरहेको छ। बाजुरामा गर्भवती आमाले उपचार नपाएर नै ज्यान गुमाउनु पर्ने बाध्यता रही आएको छ। 

प्रकाशित: १० माघ २०७९ ०५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App