बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनरत अधिकारकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार माइतीघरबाट र्यालीसहित अगाडि बढिरहेको बेला प्रहरीले रूबी खानसहितका अभियन्ताहरूलाई पक्राउ गरेको हो।

अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला पक्राउ परेका हुन्।

माइतीघर मण्डलामा विगत तीन सातादेखि जारी धर्नामा आज नागरिक आन्दोलनका अभियन्ताहरू पनि आज सहभागी भएका थिए।

यसैबीच महिला अधिकारको पक्षमा आज नै सिल्पी थिएटरका युवाहरूले सडक नाटक देखाएका थिए।


प्रकाशित: ९ माघ २०७९ १०:२५ सोमबार