१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई साताअघि अपहरणमा परेका दाजु-भाईको हत्या

दुई साताअघि जनकपुरबाट भोज खान गएका दुई युवा भारतमा मृत फेला परेका छन्। जनकपुरधाम उपमहानगरपालिकाका २१ वर्षिय रोहित साह र २२ वर्षिय बिष्णु साह भारतको सितामढीमा मृत फेला परेका हुन्। 

दुबैजनाको शव खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको धनुषा प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार दुई साताअघि उनीहरु अपहरणमा परेको परिवारजनले प्रहरीमा खबर गरेका थिए। उनीहरूको शव प्रहरीले फेला पारेपछि  परिवारले शव पहिचान गरेको हो।

मृतक दुवैजना दाजुभाइ हुन् (काकाको छोरा) । रोहितले काकाको छोरा बिष्णुलाई लिएर भारतको सितामढी जिल्लाको बेला परिहारस्थित आफन्तको घर भोज खान गएका थिए। त्यहीबाट दुबै जना अपहरणमा परेपछि सम्पर्क विहिन भएका उनको परिवारले बताए।

दुबैजना परिवारबाट सम्पर्क विहिन भएको केही दिनपछि अपहरणकारीले फिरौती रकम माग गर्दै उनको परिवारलाई फोन आएको मृतकको आफन्त देवनारायण साहले बताए। उनका अनुसार भारतिय नम्वरबाट फोन आइरहेको थियो।

अपहरणकारीले सुरुमा ५० लाख मागेका थिए। तर परिवारले त्यति रक दिन नसक्ने भनेपछि २० लाखमा अपहरणमुक्त गर्ने अपहरणकारी सहमत भएको थियो।

उनको परिवारले छोरासँग कुरा गराउन भन्दा अपहरणकारी मानेका थिएनन्। पछि अपहरणकारीहरुले बिष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको थियो। त्यसपछि विष्णुको पारिवारले फिरौतीको रकम जोहो गर्दै प्रहरी र नेता गुहारेका थिए। फिरौती रकम भएपछि अपहरणकारीले सर्लाहीको मलंगवा नाकामा बोलाएको थियो। तर बैंक बन्द भएको कारण पैसा झिक्न नपाउँदा एक दिन ढिलो भएको थियो।

त्यसपछि अपहरणकारीको मोवाइल स्वीच अफ आइरहेको थियो। त्यसको चार दिनपछि उनीहरुको शव फेला परेको हो।

उनीहरू शव पहिचान भैसकेको छ। उनको परिवारसहित प्रहरी टोली भारतको सितामढीमा पुगेको छ। उनीहरूको शव भारतबाट नेपाल ल्याउने तयारी भैरहेको धनुषा प्रहरीले जनाएको छ। 

प्रकाशित: ८ माघ २०७९ ०८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App