मेरो नाम अरुण तमु हो, म आइतबार बिहान घरमै थिए। जहाज दुर्घटना भएको ठाउँ मेरो घरबाट केही परको दुरीमा पर्छ। जहाँ ३–४ मिनेटमै घटनास्थलमा पुग्न सकिन्छ। एकाएक जहाज खसेको थाहा पायौ, आवाज पनि सुने। त्यसपछि हतारहतार गर्दै दौड्दै घटनास्थलमा पुग्दा हामी टोल छिमेकका मान्छे मात्र थियौ। प्रहरी आउँन केही समय लाग्यो, त्यो बेलासम्म हामीले उद्धारको प्रयास थाल्यौ।
हामीले देख्दा जहाज जलिरहेको थियो, बाल्टीमा पानी ल्याएर हाल्यौ, तर, के पो भेट्थ्यो र बाल्टीको पानीले, सम्भवै भएन। प्रहरी आएपछि उद्धारमा खटियो। १०–१२ जनालाई त हामीले पनि निकाल्यौ, ती मध्ये दुइजनामा अलिअलि सास भएजस्तो लाग्दथ्यो। घटनास्थल सेतीको डिल हो। जहाँ उद्धार गर्न गाह्रो भयो। खसेको ठाउँमा जानै सक्ने अवस्था थिएन। तलबाट आगोको मुस्लो निस्किरहेको थियो, बेलाबेला पड्किएको आजाव सुन्दा त झनै मुस्लो बढ्थ्यो।
हामी पनि आगोमा हाम फाल्न सक्ने सम्भावना रहेन। सेतीको खोँच भएकोले अरुबेला पनि त्यहाँ डर छ। त्यसैले पनि दुर्घटना हुनासाथ तर, झर्न सकिन्न किनकी की खोँच भएकोले आफैलाई जोखिम हुन्छ। लामो समयदेखि नकाटेकोले झाडि पनि उत्तिकै पलाएको थियो। जाँदा खोचमा खसिएला भन्ने डर थियो। नराम्रो घटना देख्नुप¥यो ।
प्रकाशित: १ माघ २०७९ ०९:२८ आइतबार