१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बिजुली नपुगेको गाउँ

कालिकोटमा राष्ट्रिय प्रसारण लाइनको ३३ केभी विद्युत् जडान गरेको दुई वर्षजति भयो, तर जिल्लाका सबै क्षेत्रमा अझै विद्युत् विस्तार हुन सकेको छैन। बत्तीमुनिको अँध्यारो भने झैं जिल्लावासीले टुकीको उज्यालोमा बस्नुपरेको छ। विकट गाउँपालिकामा विद्युत् विस्तार नहुँदा टुकीको साहारा लिनुपरेको हो।

स्थानीय उत्पादन पोतमारा विद्युत् आयोजनामा पहिरो गएको चार वर्ष भयो। आयोजना रहेको रास्कोट र सान्नीत्रिवेणी गाउँपालिकामा भने राष्ट्रिय प्रसारण लाइन छिटपुट पुगेको छ। जिल्लाका अन्य पाँच पालिकाका गाउँ अँध्यारोमा छन्। नगरहिनाथ, शुभकालिका, महावै, पचालझरना, पलाँता गाउँपालिका बस्तीमा पनि बत्ती छैन। तिलागुफा र खाँडाचक्र नगरपालिकाका केही बस्तीमा विद्युत्का लागि पोल र लाइन राखिएको छ, तर विद्युत् विस्तार नहुँदा बिजुलीको उज्यालोमा बस्ने स्थानीयको आशा अधुरै रहेको छ।

बिजुलीका लागि पोल गाडिएको धेरै वर्ष नाघिसकेको छ। नरहरिनाथका स्थानीय संगीन भण्डाराले भने, ‘बस्तीमा बिजुलीको तार र पोल पु¥याइएको छ, तर गाउँका बस्तीमा बिजुली छैन। पोलहरू गाडेर तारहरू पनि टाँगिसकिएको छ। अझै बत्ती आउने आशा छैन।’

पोतमारा जलविद्युत्ले कालिकोटको विद्युत् प्रसारण क्षेत्रमा उच्च योगदान गरेको भए पनि मर्मतका लागि कसैले चासो दिएका छैनन्। मर्मत नहुँदा कालिकोटका सबै क्षेत्र उज्यालो हुन सकेको छैन। यस्तै पचालझरना, पलाँता र शुभकालिका गाउँपालिकामा पनि बत्तीकै समस्या छ। गाउँबस्तीमा विद्युत् विस्तारका बारेमा विद्युत् वितरण केन्द्र कालिकोटले वास्ता गरेको छैन। जिल्लामा बन्न लागेको सबस्टेसन निर्माण कार्य पनि ओझेलमा छ। जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको दुई वर्ष पुग्दा पनि सबस्टेसन निर्माण कार्य सम्पन्न भएको छैन। जिल्लाका पालिकामा तार विस्तार गरी काम विस्तारै भइरहेको कार्यालयले जनाएको छ। जिल्लामा आएको राष्ट्रिय प्रसारण लाइनले राम्रो काम नगरेको सेवाग्राहीको गुनासो छ।

प्रकाशित: १ माघ २०७९ ०१:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App