१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पृथ्वी जयन्तीका कारण काठमाडौंमा ट्राफिक जाम, यसरी हुँदै छ व्यवस्थापन

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबारकाे पश्चिम गेटमा विभिन्न कार्यक्रम भएका कारण सडक सवारी साधनकाे जाम बढेकाे छ।

विशेषगरी काठमाडौंको सिंहदरबार क्षेत्रमा सवारी साधनकाे जाम भएको हो। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबार चोकमा कार्यक्रम हुने भएका कारण सवारी साधनलाई डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।  

ट्राफिक प्रहरीका अनुसार काठमाण्डौ उपत्यका स्थित भ्रदकाली र माईतीघरबाट सिंहदरबार आउने सबै प्रकारका सवारी साधनलाई केही समयको लागी त्रिपुरेश्वर र माईतीघरनँया बाटो र बबरमहल तर्फ पठाईएको छ।  

यस्तै गैरीधारा, सिंहदोबाटो, जयनेपाल चोक, ढल्कु चोक, सानो गौचरण, घण्टाघर, डिल्लीबजार, न्युप्लाजा, बबरमहल, कुपन्डोलबाट पनि सवारी साधनलाई डाईभर्सन गरिएको छ।  यस्तै, केहि समय पछिनै माईतीघर देखी कलंकी, स्युचाटार मोड जाने सवारी साधनलाई पनि विभिन्न स्थानबाट डाईभर्सन गरिने छ। परोपकार, टंकेश्वर, बल्खु चोक, बालाजु पुलबाट सवारी साधनलाई डाईभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ।

विभिन्न स्थानबाट डाईभर्सन गरिएका कारण वैकल्पीक मार्ग प्रयोग गरि सवारी साधन संचालन गर्न चालकलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ। ललितपुरको इनारमोडदेखि सुजुकीमोडतर्फ जाने सडकमा कालोपत्रेको कार्य भइरहेको छ। जसका कारण उक्त सडकखण्ड भएर चल्ने  सवारी साधनलाई बाँकी लेनबाट आलो पालो चलाइएको छ। यसबाहेक काठमाण्डौ उपत्यकाको अन्य स्थान तथा नाकाहरूको सवारी आवागमन भने  सामान्य रहेको छ।  

प्रकाशित: २७ पुस २०७९ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App