coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिसोको कारण सर्लाहीमा दुई जनाको मृत्यु

पुस लागेसँगै बढेको चिसोको कारण जनजीवन प्रभावित हुन थालेको छ। यसै क्रममा सर्लाहीमा दुई जनाको चिसोको कारण मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।

सर्लाहीको हरिपुर नगरपालिका ९ पिडारी टोलका ५० वर्षीय राजेन्द्र चौधरीको चिसोको कारण सोमवार राति २ बजे मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। चिसोले रुघाखोकी लागी श्वासप्रश्वासमा समस्या भएर उपचारको लागि अस्पताल पठाउँदा मृत्यु भएको प्रहरीको भनाइ छ।

यसै गरी हरिपुर नगरपालिकाकै वडा नम्बर ६ बस्ने लक्ष्मीपुरका ८० वर्षीय रामभगत माझीको पनि केही दिन पहिले चिसोको कारण मृत्यु भएको प्रहरीले जनाएको छ। चिसोको कारण श्वासप्रश्वासमा समस्या भई रुखा खोकीको कारण माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी विजय यादवले जानकारी दिए।

प्रकाशित: ६ पुस २०७९ १३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App