२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

आँबुखैरेनीमा सडक भासिदा सवारी साधन रोकिए

पृथ्वीराज मार्गको आँबुखैरेनीमा सडक भासिएको छ। आज बिहान १० बजेतिर सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

पुस ५ गतेदेखि नारायणगढ मुग्लिङ सडक खण्डमा पुल बनाउने क्रममा पोखराबाट आउने सवारी साधनलाई उक्त ठाउँमा रोक्न दिएको निर्देशन अनुसार डाइभर्सन गर्ने क्रममा सडक भासिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिएका छन्।

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानि खोलाको पुल नजिकै सडक भासिएको हो। डिएसपी खड्काका अनुसार अहिले ठुला सवारी साधनलाई खुलाउने प्रयास भइरहेको छ भने  साना सवारी साधन पास भइरहेका छन्।

यसै गरी पुस ५  गते देखि दैनिक चार घण्टा उक्त क्षेत्रमा सवारी आवागमन रोकिने भएको छ। नारायणगढ मुग्लिङ सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो।  सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ।

पोखरातर्फबाट आउने मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजेदेखि दिउँसो ३ बजेसम्म रोक्ने  जानकारी सहित जिल्ला प्रशासन कार्यालय चितवनमा यस अघि नै सार्वजनिक सूचना जारी गरिसकेको छ। 

प्रकाशित: ३ पुस २०७९ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App