७ वैशाख २०८१ शुक्रबार
समाज

सबारी दुर्घटनामा महोत्तरीको एक जनाको सर्लाहीमा मृत्यु

सबारी दुर्घटनामा सर्लाहीमा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। ट्रयाक्टर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा सर्लाहीमा एक जनाको मृत्यु भएको हो।  

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका ३ स्थित हुलाकी सडक खण्डमा पर्साबाट मलंगवातर्फ जाँदै गरेको ज २ त ५२७ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आएको बिआर ३० भी १६७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकलमा रामनगर गाउँपालिका ४ का ३१ वर्षीय संजय मन्डल र महोत्तरीको इटहरवाकटी ७ का करिब ५७ वर्षीय सुरेन्द्र मन्डल सबार रहेको प्रहरीले जनाएको छ।  

दुर्घटनामा महोत्तरीका मन्डलको मृत्यु भएको छ। दुर्घटनास्थलमा गम्भीर घाइते भएका मन्डललाई प्रादेशिक अस्पताल मलंगवा पु¥याउँदा चिकित्सकले मृत घोषित गरेका छन्। मोटरसाइकलमा सबार सर्लाहीका मन्डलको भने खुट्टा भाँच्चिएको छ।  

दुर्घटनाका मोटरसाइकल र ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रयाक्टर चालक फरार रहेका छन्। फरार चालकको खोजी कार्य भइरहेको र घटनाबारे अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि विजय यादवले जानकारी गराएका छन्।  

प्रकाशित: १ पुस २०७९ १०:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App