coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बैतडीमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा ६ जना  घाइते भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका–६ सुइलेकमा जिप दुर्घटना हुँदा चालकसहित ६ जना  घाइते भएको प्रहरीले जनाएको छ।

बुधबार राती धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सुपप्र ०१–००१च३३८८ नम्बरको जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

उनका अनुसार घाइते हुनेमा बुङ्गल नगरपालिका–७ अठ्पालीकी ४५ वर्षीया हर्कादेवी धामी, २० वर्षीय सचिन धामी ,बुङ्गल नगरपालिका–८ कि ५० वर्षीया मैनादेवि बोहरा, बुङ्गल नगरपालिका–४ कि ४८ वर्षीया लालीदेवि कार्की, ५२ वर्षीय धनसरा सिंह र जिप चालक डोटीको जोरायल गाउँपालिका–२ का ५५ वर्षीय बिष्णु भट्ट  रहेका छन्। 

घाइतेहरुको देउलेख स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक जोशीले बताए। जिप सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २९ मंसिर २०७९ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App