१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

धनुषामा जन्ती बोकेको विङ्गर र पिकअप एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु

धनुषामा विङ्गर र पिकअप एकआपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। इटहरीबाट पश्चिमतर्फ महोत्तरीको पिपरा गाउँपालिका फर्किँदै गरेको विङ्गर र पूर्वतिर गइरहेको पिकअप एकआपसमा ठोब्किदाँ विङ्गरमा सवार पाँच जनाको मृत्यु भएको विरेन्द्र बजारको ट्राफिक प्रहरीले जानकारी दिए।

जन्ती बोकेको विङ्गर इटहरीबाट महोत्तरीको पिपरा गाउँपालिका फर्किँदै गर्दा बिहान ४ बजे चारनाथ नगरपालिका–४ बिरेन्द्र बजारमा दुर्घटना भएको हो। जन्ती बोकेको ना १ ज ८३९६ नम्बरको विङ्गर र तरकारी बोकेको ज १ त १४९६ नम्बरको पिकअप एकआपसमा ठोक्किएको हो।

मृत्यु हुनेमा विङ्गर चालक धनुषाको धनौजी गाउँपालिका–४ का अन्दाजी २८ वर्षीय अब्दुल अन्सारी राइन,मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–४ का २९ वर्षीयकी रुवी साह, महोत्तरीको रामगोपालपुर नगरपालिका–७ वर्षीया मन्जु कुमारी साह र उनकी १३ वर्षकी बहिनी सिर्जना साह र मृतक एकजनाको सनाखत हुन बाँकी रहेको धनुषा प्रहरीका डिएसपी दिपक रायले जानकारी दिए।

दुर्घटना जना घाइते नौ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ।  

पिकअप चालकलाई नियन्त्रणमा लिइ घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ।

प्रकाशित: १७ मंसिर २०७९ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App