१५ चैत्र २०८० बिहीबार
समाज

जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलालीका एक युवकको मृत्यु

फाइल तस्बिर

जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरीकाअनुसार बेहोस अवस्थामा भेटिएका उक्त युवकको उपचारको क्रममा मृत्यु भएको हो।

शुक्रबार बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित जुम्ला विमान स्थलको पश्चिम तर्फको तार जाली भित्र कैलालीको टिकापुर नगरपालिका ( ७ शतिगाउँका अन्दाजी २८/२९ वर्षका रामप्रसाद जैसी बेहोस अवस्थामा भेटिएका थिए।

बेहोस अवस्थामा फेला परेका जैसीको उपचारको लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको थियो। प्रतिष्ठानका डाक्टरले जैसीलाई उपचारमा क्रममा मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले बताए।

उनले भने,'अनुसन्धान गर्दा मदिरा सेवन गरेको देखिन्छ र छारे (मुर्छा पर्ने) रोग रहेछ। अलि सुगर घटेको छ,तापक्रम बढेको र विपि आउदै नआएको मेडिकल रिपोर्ट बाट देखिन्छ।' 

मृतक जुम्ला घुमफिर गर्न आएको भन्ने बुझिएको उनले बताए। मृत्युका आफन्तलाई खवर भइसकेको छ र आफन्तहरु आइरहेको उनले बताए। शबको भन्ने पोष्टमाटम गर्न बाँकी छ। उक्त स्थानमा थप अनुसन्धानको लागि प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटिएको छ।

प्रकाशित: १६ मंसिर २०७९ १०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App