१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

डुबान क्षेत्रमा गौरका नगर प्रमुख साहले गरे सडक शिलान्यास

रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले सडक शिलान्यास गरेका छन् । सडक र नालाको अभावमा हरेक वर्ष वर्षाको समयमा पूरा सडक नै डुबानमा पर्ने गौर ५ कोइरी टोलामा नगर प्रमुख साहले नालासहितको सडक शिलान्यास गरेका हुन्।

गौर नगरपालिकाको आफ्नो बजेटमा निर्माण हुने नालासहितको सडकको लागि नगरस्तरीय योजनाबाट बजेट विनियोजन गरिएको नगर प्रमुख साहले जानकारी गराएका छन्। चालू आर्थिक वर्षभित्रमा नै सडक र नालाको सम्पूर्ण काम पूरा गरिने नगर प्रमुख साहको दाबी छ।

वर्षौँदेखि समस्यामा रहेका कोइरी टोलामा व्यवस्थित सडक र नाला निर्माण हुने भएपछि स्थानीयवासी खुसी भएका छन्। धेरै वर्षको स्थानीयवासीको सपना पूरा भएको स्थानीयलेत बाएका छन्।

प्रकाशित: १२ मंसिर २०७९ १३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App