१६ चैत्र २०८० शुक्रबार
समाज

सवारी दुर्घटना हुँदा एकको मृत्यु एक घाइते

मध्यपुरथिमि नगरपालिका ६ मिलरोडको उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

चाँगुनारायण नगरपालिका १ दुवाकोटबाट पुरानोथिमि जाँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ भ्यान र बा १ प ९५०८ नम्बरको मोटरसाइकल ठोकिकएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर नगरपालिका १ का २८ वर्षे सिजन फसिकवाको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार भक्तपुर नगरपालिका ७ गोल्माढीका ३२ वर्षे सुनिल ग्वाछाको मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। प्रहरीले गाडी चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरेको छ।

प्रकाशित: ११ मंसिर २०७९ १६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App