११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

बारामा खोलामा डुबेर १० वर्षीय बालकको मृत्यु

बारामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलियास्थित बकुलिया खोलामा डुबेर १० वर्षीय सन्दिप मुखियाको शुक्रबार दिउँसो मृत्यु भएको हो।

प्रहरीका अनुसार, स्थानीय लाल बाबु मुखियाका छोरा सन्दिप खोलामा डुबेर अशक्त भएका थिए। तत्कालै उद्धार गरी उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १७ श्रावण २०८२ २१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App