२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

१० जनाले जिते थाइल्यान्ड भ्रमण

देशका १० स्थानमा शाखा रहेको सोफा हब काठमाडौंले दशैं तिहार अफरका विजेता घोषणा गरेको छ। मंगलबार भक्तपुरमा आयोजित समारोहमा कम्पनीले लक्की ड्र मार्फत थाइल्यान्ड भ्रमणका १० विजेता घोषणा गरेको हो।  

लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा विक, कुशुमकला गणेश, विनोद गुरुङ, जमुना केसी, गोमा लामिछाने, तम बहादुर सुनार र माधव प्रसाद दुलालले थाइल्यान्ड भ्रमणको अवसर पाएका छन्। सोफा हबका सञ्चालक तारालाल धरेलले यो जानकारी दिए।  

उनका अनुसार केही समयभित्र विजेतालाई थाइल्यान्ड भ्रमण गराइने छ। गत वर्ष पनि कम्पनीले १० ग्राहकलाई युरोप भ्रमण गराएको थियो। दशैं, तिहार र छठलाई लक्षित गर्दै फर्निचर खरिद गर्ने ग्राहकमध्ये १० जनालाई निःशुल्क थाइल्यान्ड भ्रमणको योजना ल्याइएको थियो।  

समारोहमा सञ्चालक धरेलले सहभागी सबैलाई धन्यवाद दिए र विजेतालाई बधाई दिए। उनले आगामी दिनमा पनि विभिन्न सुविधासहितका योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे।  

दशैं तिहार र छठको अवसरमा १५ सयभन्दा बढी ग्राहकले विभिन्न शाखाबाट फर्निचर खरिद गरेको सञ्चालक सदस्य जीवन पाण्डेले जानकारी दिए। कम्पनीका गोठाटार, कलंकी, सामाखुसी, बिर्तामोड, पोखरा, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौंडा गरी १० शाखा सञ्चालनमा छन्।

प्रकाशित: १९ कार्तिक २०८२ १३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App