जेन-जी आन्दोलनका क्रममा गरिएको तोडफोड आगजनी र लुटपाटका कारण सेवा अबरुद्ध रहेको जिल्ला प्रशासन कार्यालयललाई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले १० थान कम्प्युटर प्रदान गरेको छ ।
आइतबार नेपाल उद्योग वाणिज्य महासंघले मोरङका प्रमुख जिल्ला अधिकारीलाई इन्द्रदेव यादवलाई कम्प्युटर प्रदान गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका तर्फबाट अध्यक्ष राजेन्द्र राउतले उपलब्ध गराएको कम्प्युटर महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले हस्तान्तरण गरेका थिए ।
यसैगरी आगलागीका कारण ध्वस्त भएको भवनमा रंगरोगनका लागि एशियन पेन्टस्बाट उपलब्ध गराइएको ३ सय लिटर रंग र रंगरोगन खर्च समेत महासंघबाट उपलब्ध गराइएको कार्यकारी निर्देशक भण्डारीले जानकारी दिए ।
प्रकाशित: ५ आश्विन २०८२ २०:४१ आइतबार





