२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

झुम्का कारागारबाट एक हजार ५७५ कैदीबन्दी भागे

२२० जना मात्रै अहिले कारागारमा

सुनसरीको झुम्का कारागारबाट मंगलबार राति एक हजार ५७५ जना कैदीबन्दी बाहिरिएका छन् ।  

जेन जी पुस्ताले थालेको आन्दोलनका क्रममा मंगलबार राति आन्दोलनकारी कारागार पुगेर ब्लक ‘बी’ का कैदीलाई निकाल्नुपर्ने माग राखेपछि उनीहरु निस्किएको जेलर सुभाष लामिछानेले बताए ।  

उनका अनुसार सुरुवातमा ब्लक ‘बी’ बाट साढे १० बजेसम्म चार सय हाराहारी निस्किएको र सेनालाई खबर गर्दा पनि बेलैमा नपुगेकाले गर्दा ब्लक ‘बी’ का अरु कैदीबन्दीसँगै ब्लक ‘ए’ का पनि बाहिरिएका हुन् ।  

राति अबेरसम्म कारागारबाट सवै कैदीबन्दी बाहिरिए पनि सेनाले पत्राउ गरेका र केही आफै फर्किएका गरि अहिले २२० जना मात्रै कैदीबन्दी रहेका छन् । ब्लक ‘ए’ र  ‘बी’ दुवैका चौकीकार पनि कारागारमै रहेका छन् । झुम्का कारागारमा ‘ए’ र  ‘बी’ गरि १ हजार सात सय ९५ जना कैदी रहेका थिए ।

प्रकाशित: २५ भाद्र २०८२ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App